चाहेको बेला सहारा पाइदैन कसैको ।।
बरु भोकै मरुँला बेचिन्न आफ्नो इमान,,
दैव कसम लुटेर खाइदैन कसैको ।।
नेपाली हुँ पौरखी छु ,दुई हात छन,,
भिखारी बनि मागेर लाइदैन कसैको ।।
लाग्छ मिठो आफ्नै झ्याउरे र राईझुमा,,
विदेशीका ड्याङ्डुङ् गित गाइदैन कसैको ।।
हास्दै पाल्छ मलाई मेरै देश नेपालले,,
मर्नका लागी परदेश धाइदैन कसैको ।।
No comments:
Post a Comment