Friday, April 17, 2015

2071/12/15

मेरो देशको ऐन कानुन, लाजमर्दो भो ।।
सबै भन्छन् दैवले जानुन,लाजमर्दो भो ।।

देशमा स्रोत साधन, अटाइ नअटाई छ,,
अर्थतन्त्र विदेशीले धानुन,लाजमर्दो भो ।।

लोकतन्त्र गणतन्त्र ल्याए, भन के खुत्याए,,
फेरि प्रजा राजतन्त्र छानुन, लाजमर्दो भो ।।

नेताले नै भुँडी भरेछन्, विकासको नाउँमा,,
देशको ढुकुटी पेवा मानुन, लाजमर्दो भो ।।

ज्यानै दिए सहिद भए,हिजो आन्दोलनमा,,
पुन जनता ढुङ्गा मुडा हानुन,लाजमर्दो भो ।।

काेराेना भाइरस बारे जानकारी

कोरोनाभाइरस भनेको के हो? कोरोनाभाइर स भाइरसहरूको परिवार हो जुन सामान्य चिसोदेखि MERS कोरोना भाइरस सम्म हुन्छ जुन त्यो हो मध्य पूर्व रेस्प...