जवानी लुटाएपछी मालामाल भयौ तिमी ।।
पैसामा रात बिकाउने,दलाल भयौ तिमी ।।
पैसामा रात बिकाउने,दलाल भयौ तिमी ।।
जरुर तिम्रो त्यो जवानी, ढल्नेछ एक दिन,,
अनि भन्नेछ दुनियाँले, कंगाल भयौ तिमी ।।
अनि भन्नेछ दुनियाँले, कंगाल भयौ तिमी ।।
हिजोअस्ति गाउँमा हुँदा,अमुल्य थियौ तिमी,,
आज शहरमा पस्यौ,फालाफाल भयौ तिमी ।।
आज शहरमा पस्यौ,फालाफाल भयौ तिमी ।।
अचेल सबैले तिमी माथि, औंला तेर्साएपछी,,
हमेशा जवाफ बिहिन ,सवाल भयौ तिमी ।।
हमेशा जवाफ बिहिन ,सवाल भयौ तिमी ।।