Saturday, August 20, 2016

ठुलो हुन्न धन

ठूलो हुन्न धन,कसले पो सम्झिदेला !!
माटो हुन्छ तन,कसले पो सम्झिदेला !!

जिउदै हुँदा त, बिर्सि दिन्छन सबैले,,
मरेपछि झन, कसले पो सम्झिदेला !!

प्यार गर्नेले नै,चोटै चोट दिएपछी,,
दुख्छ मेरो मन,कसले पो सम्झिदेला !!

जति पुग्छौ माथी,भुल्छौ आफ्नो बिगत,,
के हो आफ्नोपन,कसले पो सम्झिदेला !!

                             @ Raj K. Dhimal

काेराेना भाइरस बारे जानकारी

कोरोनाभाइरस भनेको के हो? कोरोनाभाइर स भाइरसहरूको परिवार हो जुन सामान्य चिसोदेखि MERS कोरोना भाइरस सम्म हुन्छ जुन त्यो हो मध्य पूर्व रेस्प...