Saturday, April 18, 2015

feeling << हिन्दी सिक्दै छु >>.

तेरे जिन्दगी भरके लिए तो हे हम ।।
दे हमेशा चोट ज्यादा और खुसी कम ।।
सबलोग कहते हेँ,जिन्दगी हे दो पल,,
एक पल खुसी और एक पल गम ।।
अगर तु हद्सेही ज्यादा,सताएगी मुझे,,
तुझे भुलाने के लिए पिजाउङ्गा रम ।।
खुद अप्ने पर,जिसका नहि हेँ विश्वास,,
वो लोग खाजाते है बाचा और कसम ।।

Muktak 2

तरल पिएर कुरा चै ठोस बोलियो ।।
जे जे कुरा बोलियो सारा जोस बोलियो ।।
नपिए सम्म यो झोल, बक्कै लाटो हुने,,
पिएपछी आफैलाई बोस बोलियो ।।

Muktak 5

पागल बनेर जिउन हिडेको ।।
पिर भुलाउन पिउन हिडेको ।।
धुजा धुजा पारेर गई यो मुटु मेरो,,
त्यसैले दर्जीकहा सिउन हिडेको ।।

Gindagi Gazal

जिन्दगीमा सोचे जस्तो,गर्न सकिन ।।
मर्छु भन्दा पनि आज, मर्न सकिन ।।
तिम्रो सिँउदो त्यता,भर्दै गर्दा पराइले,,
गह-भरी आँसु थियो, छर्न सकिन ।।
पराइले तिमीलाई चोट दिदा पनि,,
दुख्यो कि भनी नजिक, सर्न सकिन ।।
पछि लाग्यौ सँधै तिमी धन दौलतको,,
मायाले तिम्रो त्यो मन, हर्न सकिन ।।

Facebook Gazal

तिम्लाई भेट्न फेसबुकमा झरुँला।।
तिमीसँगै जिउँला सँगै मरुँला ।।
Love Request पठाउ सानु,,
दिलमा तिमिलाई Add गरुँला ।।
Upload गर्नु राम्रा राम्रा तस्वीर,
म चै like comment छरुँला ।।
गर्नुपर्छ मिठा मिठा बात chat मा,,
chat बाटै त्यो दिलमा माया भरुँला ।।
तन हाम्रो टाढा भएर के भो र सानु,,
म facebook बाटै नजिक सरुँला ।।

About Life..... Gazal

जिन्दगीको पाइला कहाँ, मोडिन्छ थाहा हुन्न ।।
कुनबेला कहा यो सास, छोडिन्छ थाहा हुन्न ।।
ईश्वर दाहिने भए त,राम्रै चल्छ जिन्दगी यो,,
नत्र कति खेर कात्रो, ओडिन्छ थाहा हुन्न ।।
सबैको आ-आफ्नै हुन्छ,कोरिएको भाग्य रेखा,,
तर को कस्को तक्दिरमा,जोडिन्छ थाहा हुन्न ।।
जिन्दगी सफर हो हातेमालो गर्नुपर्छ भन्छन्,,
यो सफरमा कति नाता,तोडिन्छ थाहा हुन्न ।।

Oh Ho !!

मर्छु जस्तो लाग्थ्यो,बाचिएछ धन्न ।।
रुन्छु जस्तो लाग्थ्यो,हासिएछ धन्न ।।
धुजा धुजा भई,फाटेको थियो मुटु,,
जसो - तसो बल्ल टालिएछ धन्न ।।
जिन्दगीमा धेरै धोका हुदा-हुदै,,,
धोकामा जिउन, आँटिएछ धन्न ।।
थाहा छैन किन, हलुका भयो मन,,
आँसु सँगै पिर, झारिएछ धन्न ।।

Sweet Gazal

तिमी रुँदा सँगै आँसु झार्न सक्दिन ।।
एक्लै रुन्छु आँसु पुछ्न डाक्न सक्दिन ।।
भनेकै थिएँ तिमी नै हौ जिन्दगानी,,
जिन्दगानी अन्तै सुम्पी हास्न सक्दिन ।।
चोखो यो दिलमा,तिम्रो मात्र वास छ,,
तिमीले झै धेरैलाई राख्न सक्दिन ।।
लिदैछु अन्तिम श्वास,यो जिन्दगीको,,
तिम्रै यादमा तड्पी तड्पी बाच्न सक्दिन ।।

Ho ki nai ?

शरीर बेच्नेहरुकै यहाँ शान ठुलो छ ।।
रात बेचेर बनाएको मकान ठुलो छ ।।
देश सेवक जनता सेवक,कता हराए,,
चोर,वेश्या,लुटेराको पहिचान ठुलो छ ।।
लौ चोरी भयो रे मुर्ति, दैवकै घरबाट,,
आफ्नै सुरक्षा नगर्ने भगवान ठुलो छ ।।
बन्छ बन्छ भन्दा भन्दै,डुब्दैछ नेपाल,,
कि लेखेर नभ्याउने,संविधान ठुलो छ ।।

" मन्द मन्द "

म नि कसैको प्यारमा,फस्दैछु मन्द मन्द ।।
अंगालोमा कसैलाई ,कस्दैछु मन्द मन्द ।।
उस्ले त्यो दिलको ढोका,खुल्ला राखेपछि,,
चोर बनेर दिल भित्र ,पस्दैछु मन्द मन्द ।।
यो जुनेली रातमा, छु म उनैको साथमा,,
उस्को हर अंग अंग, डस्दैछु मन्द मन्द ।।
मन उतै गएपछि, तन एक्लो भएपछि,,
सधैं उस्कै पर्खाइमा,बस्दैछु मन्द मन्द ।।

तरुनी मुक्तक

तरुनी आएर सपनिमा चुम्बन दिएर जान्छन् ।।
फास फुसे चुम्बन होइन,एवन दिएर जान्छन् ।।
हामिलाई तिम्रो रुपले ,फिदा मोहित गर्यौ भन्दै,,
छुदा पनि दाग लाग्ला झै, बदन दिएर जान्छन् ।।

gazal 5

जवानी लुटाएपछी मालामाल भयौ तिमी ।।
पैसामा रात बिकाउने,दलाल भयौ तिमी ।।
जरुर तिम्रो त्यो जवानी, ढल्नेछ एक दिन,,
अनि भन्नेछ दुनियाँले, कंगाल भयौ तिमी ।।
हिजोअस्ति गाउँमा हुँदा,अमुल्य थियौ तिमी,,
आज शहरमा पस्यौ,फालाफाल भयौ तिमी ।।
अचेल सबैले तिमी माथि, औंला तेर्साएपछी,,
हमेशा जवाफ बिहिन ,सवाल भयौ तिमी ।।

Muktak

यो दुनियाँले मलाई हेला गरेपछि ।।
जादैछु मरेर कालको फेला परेपछि ।।
सधैं साथ दिने बाचा तोडियो आज,,
खोला बीचबाट तिमी अकेला तरेपछी ।।

Gazal

आफ्नो बनाउछु भनी, नआट्नु मलाई ।।
अनि त्यो दिलमा पनि, नराख्नु मलाई ।।
पछि नलाग्नु कोहि मेरो, म अर्कैको हुँ,,
मन्दिर धाई दैव सँग, नमाग्नु मलाई ।।
मेरो रूपमा फिदा हुने, हे प्रिय मैयाहरु,,
ओठले सुसेली हाली, नडाक्नु मलाई ।।
मेरो एउटै छ दिल,सबैलाई कसरी दिँउ,,
विन्ती गर्छु सबै माझ, नबाड्नु मलाई ।।

Friday, April 17, 2015

2071/12/15

मेरो देशको ऐन कानुन, लाजमर्दो भो ।।
सबै भन्छन् दैवले जानुन,लाजमर्दो भो ।।

देशमा स्रोत साधन, अटाइ नअटाई छ,,
अर्थतन्त्र विदेशीले धानुन,लाजमर्दो भो ।।

लोकतन्त्र गणतन्त्र ल्याए, भन के खुत्याए,,
फेरि प्रजा राजतन्त्र छानुन, लाजमर्दो भो ।।

नेताले नै भुँडी भरेछन्, विकासको नाउँमा,,
देशको ढुकुटी पेवा मानुन, लाजमर्दो भो ।।

ज्यानै दिए सहिद भए,हिजो आन्दोलनमा,,
पुन जनता ढुङ्गा मुडा हानुन,लाजमर्दो भो ।।

कस्तो छ यो मुक्तक ?

मुटु अनि कलेजो चिरफार गरेर हेर ।।
लेख्या छु तिम्रै नाम विचार गरेर हेर ।।
तिम्रै नाम लिनेछ,मेरो खरानीले पनि,,,
मारेर मलाई दाह-संस्कार गरेर हेर ।।

2071/12/30 ko last gazal

म छुट्टै, संसारको खोजीमा छु ।।
सुनौलो,रफ्तारको खोजीमा छु ।।

सधैं भो,नातावादको खेलोफड्को,,
प्रजाको, सरकारको खोजीमा छु ।।

गर्यौ नेता, भाषण मात्रै मिठा मिठा,,
म बाच्ने, आधारको खोजीमा छु ।। 

धेरै भो, आँखामा छारो हाल्ने काम,
अब चै, उद्गारको खोजीमा छु ।।

Thursday, April 16, 2015

2072/1/1 को प्रथम गजल

भाग्य किनेँ तर प्रहर, किन्न सकिन ।।
तिम्ले चाहे जस्तो शहर,किन्न सकिन ।। 

पोहोरका चाहनाहरु,अझै अधुरै छन्,,
तिम्रो निम्ति नयाँ रहर, किन्न सकिन ।। 

यति कंगाल बनायो कि,समयले मलाई,, 
मर्छु भन्दा पनि जहर, किन्न सकिन ।। 

जे लेखेको छ भाग्यमा,त्यसैमा रम्न सिक,, 
अरुले झै खुसिका लहर, किन्न सकिन ।।

short song......

मुटु जल्यो अनि रुनु पर्यो केवल तिम्रै कारण,,,
तर पनि म दुखी छैन,,,,तिमी भन्दा खुसी नै छु म,,,,
किन कि, तिम्रो मुहारमा हासो देख्दै छु म,,,
ति आँसुले नै यो मुटुमा तिम्रो नाम लेख्दै छु म,,,,,

Don't copy

काेराेना भाइरस बारे जानकारी

कोरोनाभाइरस भनेको के हो? कोरोनाभाइर स भाइरसहरूको परिवार हो जुन सामान्य चिसोदेखि MERS कोरोना भाइरस सम्म हुन्छ जुन त्यो हो मध्य पूर्व रेस्प...