Sunday, March 8, 2015

My latest Gazal..

केटिहरुलाई असाध्यै किन फूल मनपर्छ !!
सायद पक्कै पनि भमराको हूल मनपर्छ ।।
अन्जानमा गरेको गल्ती,माफी होला नहोला,,
तर जानीजानी गरेको खै किन भूल मनपर्छ !!
खै कस्तो रहर हो यो,बुझ्नै कठिन सबैलाई,,
झुठो भएनी प्यारले गरेको कबूल मनपर्छ ।।
विज्ञान गणित इङलिस,पढ्दा-पढ्दा झ्याउ भो,
माया पिरतिको पढाई हुने स्कुल मनपर्छ ।।
म वारी बर्दिबासको,ऊनी पारी लालगढ्की,,
उस्लाई मलाई जोड्ने त्यो रातु पुल मनपर्छ ।।

www.facebook.com/kumardhimalraj

No comments:

Post a Comment

काेराेना भाइरस बारे जानकारी

कोरोनाभाइरस भनेको के हो? कोरोनाभाइर स भाइरसहरूको परिवार हो जुन सामान्य चिसोदेखि MERS कोरोना भाइरस सम्म हुन्छ जुन त्यो हो मध्य पूर्व रेस्प...