Sunday, March 8, 2015

Muktak

तरल पिएर कुरा चै ठोस बोलियो ।।
जे जे कुरा बोलियो सारा जोस बोलियो ।।
नपिए सम्म यो झोल, बक्कै लाटो हुने,,
पिएपछी आफैलाई बोस बोलियो ।।

छन्द :- काङ्टेगा सुत्र:- sss ।ss

छन्द :- काङ्टेगा सुत्र:- sss ।ss 

चोखो साथ पायौ ।।
साचो हात पायौ ।।  

जाडो आज बढ्दा,, 
न्यानो काख पायौ ।।  

खोज्दै थ्यौ तिमी जे,, 
आफ्नै माझ पायौ ।।  

जे भेट्यौ तिमीले,, 
तिम्रै भाग पायौ ।  

जस्तो रुचि तिम्रो,, 
त्यस्तै राज पायौ ।।  

Funny Gazal ??

तिम्रो गालामा म्वाई नखाको धेरै दिन भएछ ।।
तिम्लाई भेट्न पनि नआको धेरै दिन भएछ ।।

पहिले पहिले त दिनमा पनि दुख दिइन्थ्यो,,
रातमा मज्जा लिन नपाको धेरै दिन भएछ ।।

तिम्रो मेरो पिरती दोहोरी खेल्दाखेल्दै बसेथ्यो,
माथी रोदि घरमा नगाको धेरै दिन भएछ ।।

उहिले त हामी एउटै विस्ताराको साथी थियौं,
अहिले हात पनि नलाको धेरै दिन भएछ ।।

कान्छिको नाम के हो भनन,भन्दै जिस्काउथ्यौं हामी,
तिम्रो भट्टी पसल नधाको धेरै दिन भएछ ।।

My latest Gazal..

केटिहरुलाई असाध्यै किन फूल मनपर्छ !!
सायद पक्कै पनि भमराको हूल मनपर्छ ।।
अन्जानमा गरेको गल्ती,माफी होला नहोला,,
तर जानीजानी गरेको खै किन भूल मनपर्छ !!
खै कस्तो रहर हो यो,बुझ्नै कठिन सबैलाई,,
झुठो भएनी प्यारले गरेको कबूल मनपर्छ ।।
विज्ञान गणित इङलिस,पढ्दा-पढ्दा झ्याउ भो,
माया पिरतिको पढाई हुने स्कुल मनपर्छ ।।
म वारी बर्दिबासको,ऊनी पारी लालगढ्की,,
उस्लाई मलाई जोड्ने त्यो रातु पुल मनपर्छ ।।

www.facebook.com/kumardhimalraj

Another Sweet Gazal

एउटा दिल भित्र,कतिलाई अटाउनु मैले ।।
कस्लाई राख्नु अनि,कस्लाई पो हटाउनु मैले ।।
एक हैन दुई हैन,धेरै छन यो जुनि माग्नेहरु,,
सबै देख्छु सुन्दरी,कोसँग जूनी कटाउनु मैले ।।
सबैले गर्छन् माया,आफूलाई भन्दा धेरै मलाई,,
भनिदेउ दैव,कस्लाई अब घटाउनु मैले ।।
यो कस्तो संकटमा,पार्यौ नि हे दैव मलाई,
कस्लाई दिएर दिल,कस्को मन फटाउनु मैले ।।

www.facebook.com/kumardhimalraj

my another latest gazal.....

था'छ मान्छेले छुँदैन मान्छे ।।
हेर छोएर कुँदैन मान्छे ।।
पाप विस्तारै गरेर सिक्छ,,
जन्मिदै पापी हुँदैन मान्छे ।।
यादले पोल्दा खसेछ आँसु,,
चोटले मात्रै रुँदैन मान्छे ।।
आँसुले धोयो मुहार आज,,
नित्य पानीले धुँदैन मान्छे ।।

काेराेना भाइरस बारे जानकारी

कोरोनाभाइरस भनेको के हो? कोरोनाभाइर स भाइरसहरूको परिवार हो जुन सामान्य चिसोदेखि MERS कोरोना भाइरस सम्म हुन्छ जुन त्यो हो मध्य पूर्व रेस्प...